नियम ९२
मालसामानको प्राविधिक विवरणमा उल्लेख गर्नु पर्ने कुरा
बोलपत्रसम्बन्धी
कागजातमा मालसामानको प्राविधिक विवरण उल्लेख गर्दा स्थानीय निकायले
आवश्यकता अनुसार देहायका कुरा उल्लेख गर्नु पर्नेछ ः—
(क) आवश्यक भएमा प्रस्तावित कामको योजना, नक्शा र डिजाईन,
(ख) बील अफ क्वान्टिटीज,धधध।बिधअयmmष्ककयष्ल।नयख।लउ
डण्
(ग) मालसामानको सान्दर्भिक भौतिक तथा रसायनिक विशेषता, अपेक्षित
कार्यसम्पादन सम्बन्धी विशेषता,
(घ) प्राविधिक वनावट (कन्फीग्युरेशन),
(ङ) मालसामानको आयु अवधिभरको लागि आवश्यक पर्ने जगेडा पार्टपूर्जा र
उल्लिखित सेवा उपलब्ध हुने वा नहुने,
(च) बोलपत्रका साथ पेश गर्नु पर्ने मालसामानको विवरणात्मक पुस्तिका वा
नमूना,
(छ) अपेक्षित कार्यसम्पादन तथा गुणस्तर प्रत्याभूतिको विवरण,
(ज) वारेण्टी तथा मर्मत सम्भार सम्बन्धी व्यवस्था,
(झ) मालसामानबाट वातावरणमा कुनै प्रभाव पर्ने भए त्यस्तो प्रभाव र त्यस्तो
प्रभाव कम गर्न अपनाउनु पर्ने मापदण्ड,
(ञ) आपूर्ति भएको मालसामान बोलपत्र सम्बन्धी कागजातमा उल्लेख भएको
स्पेसिफिकेशन बमोजिमको भए नभएको कुरा परीक्षण गर्न अपनाइने
मापदण्ड र तरिका,
(ट) स्थानीय निकायले निर्धारण गरेको अन्य आवश्यक कुराहरु ।